३१ आश्विन २०८३, शनिबार

डाक्टरपछि राजधानीमा नक्कली नेता पक्राउ, कुन पार्टीका परे ?

112.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raju-Upradi

काठमाडौं, ७ असार । देशैभरीबाट नक्कली डाक्टर पक्राउ गरिरहेको प्रहरीले मंगलबार एक जना नक्कली नेतालाई पनि पक्राउ गरेको छ ।

आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता ३९ वर्षीय राजु उप्रेतीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो ।

नुवाकोट थानपति घर भएका उप्रेती काठमाडौंको बुढानिलकण्ठ (जहाँ कांग्रेस सभापति शेरबहादुर देउवा बस्छन) बस्दै आएका थिए ।

ठगी मुद्दा परेपछि मात्रै पक्राउ

आफूलाई कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता उप्रेतीले राजधानीमा ठगी समेत गर्दै आएको खुलासा भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै उप्रेतीले लाखौं रुपैयाँ ठगी गरेको पत्ता लागेको जानकारी दिए ।

उनका अनुसार नक्कली नेता उप्रेतीले केन्द्रीय कारागारमा रहेका बाग्लुङका थमप्रसाद पुन, कृष्ण सलामी, जाजरकोटका विकास रोकायसहितका ५ जनाबाट ५ लाख ५० हजार रकम असुलेका थिए ।

‘आफू कांग्रेसको केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै लाखौं रकम ठगी गरेको पाइयो’ एसएसपी खनालले भने– ‘थुनामा रहेका ५ जना सबै प्रक्रिया पुर्याएर मुक्त भएर फेरि प्रहरीमा आएर उजुरी दिएपछि उप्रेती पक्राउ परे ।’

पक्राउ परेका उप्रेतीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।