१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानको काबुल घटनाः नेपालीमाथि यसकारण भयो आक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afganisthan-Nepalis-killed

– मेघराज भट्टराई (अफगानिस्तानबाट)

हिजो क्यानाडा राजदूतावासमा कार्यरत नेपाली सुरक्षा गार्डहरु काम गर्न जाँदै थिए । त्यसतर्फ जाँदै गर्दा बीच बाटोमै नेपाली सवार बसमाथि भएको आत्मघाती आक्रमणले दुई जना भारतीयसहित १५ जना नेपालीको मृत्यु भएको आधिकारिक समाचार आएको छ । निश्चित रुपमा यो यहाँ सर्बसाधारण नागरिकले यो र यस्ता हमलाको समर्थन गर्दैनन । यो देशमा लामो समयदेखि द्वन्द चलिरहेको छ। बिद्रोही तालिवानी समूहले पश्चिमा राष्ट्र र युरोपियन युनियनको समर्थन र सुरक्षा गरेकै कारण नेपालीमाथि हमला गरेका हौ भनेको छ ।

यो देशमा लामो समयदेखि द्वन्द चलिरहेको छ। बिद्रोही तालिवानी समूहले पश्चिमा राष्ट्र र युरोपियन युनियनको समर्थन र सुरक्षा गरेकै कारण नेपालीमाथि हमला गरेका हौ भनेको छ ।

यति ठूलो हताहति भएको यो घटना पहिलो हो । अफगानिस्तानमा । लगभग २ महिना पहिले कामकै समय गोली हानी एक जना धरानको नेपाली मारेको थियो । साना साना घटना त भैरहेका थिए तर ठूलो घटना हिजोको हो । जसले यहाँ काम गर्ने नेपालीहरु हतोत्साहित भएका छन । जागिरबाट राजिनामा दिएर केही बसेका छन केही त्यो पीडाबाट बाहिर आउन सकेका छैनन । बिदेशिनु हाम्रो बाध्यता हो रहर होइन । हामी गास, बास, कपासको लागि कडा परिश्रम गरेर केही पैसा जरुर कमाउँछौ तर ज्यान नै फालेर के पैसा कमाउनु । आफ्नो देशमै मर्ने हरेक नागरिकको इच्छा हुन्छ । यसरी प्रदेसी भुमिमा अकालमा ज्यान फाल्न कसलाई रहर होला र ?

Meghraj-bhattrai
लेखक

सुनिन्छ कहिले मलायाबाट कहिले अरबको खाडीबाट दैनिकी नेपाली नागरिकको शव काठको बाकसमा आउने गर्छ। नत यो बिषयमा नेपाल सरकारलाई चासो छ नत हामीले आफ्नो देशमै केही गर्न सक्यौ यो दुःख को कुरा हो । जुन ब्यबस्था आएपनि नेपालमा जनताको सुख कहिलै भएन मान्छे जन्मे पछी मर्ने अवश्य हो। तर यसरी अकालमा पराया मुलुकमा अङभङ क्षतबिक्षत अवस्थामा पहिचान नै हुन नसक्ने गरी मर्नु धेरै पीडादायी छ । अब नेपाल सरकारले नेपालमै रोजगारिको ब्यबस्था गर्नु पर्‍यो ।

हिजो भएको आत्मघाति हमलामा ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली दाजु भाई प्रति हार्दिक समवेदना तथा श्रदान्जली अपर्ण गर्दछु ।