२९ आश्विन २०८३, बिहिबार

‘समय गुज्रिए नेपाल डुब्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala2काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारबाट देशलाई मुक्त पार्न ढिला गर्नै नहुने भन्दै यो अभियानमा सबैलाई मिलेर काम गर्न आग्रह गरेका छन्।

कसैको दबाबमा अनियमित र गैरकानुनी काम नगर्न कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा भ्रष्टाचार रोक्न नसके देशै डुब्ने धारणा राखे।

‘कसैको अवाञ्छित दबाब नमानौं, भ्रष्टाचारविरुद्ध सबै लागौं,’ राष्ट्रिय सतर्ककता केन्द्रको १२औं प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, ‘समय गुज्रिए नेपाल डुब्छ, सबै मिलेर देश बचाऔं।’

कर्मचारीले राष्ट्रको हित हेर्नुपर्ने, अर्काको दबाबमा नलागी आफ्नै विवेकमा अडान लिनुपर्ने उनको भनाइ छ। ‘देश विकासका लागि छुट्ट्याइएको रकम कत्तिको सदुपयोग भएको छ ?’ प्रधानमन्त्री कोइरालाले निर्देशन दिँदै भने, ‘पार्टीका नेता, मन्त्री, उपप्रधानमन्त्री जसले जे भन्यो त्यही नगर्नुस्, नियम–कानुनअनुसार देश र जनताको हितमा काम गर्नुस्।’ आजको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री अस्वस्थ रहेको र त्यही कारण सरकार र संविधान निर्माणका धेरै काम थाती रहेको सञ्चार माध्यममा आएका प्रति आपत्ति जनाउँदै प्रधानमन्त्री कोइरालाले आफूले दिन–रात सक्रिय रूपमा काम गरिरहेको धारणा राखेका थिए।