संयुक्त राष्ट्र महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 27 सितम्बर 2014को दिन आफ्नो सम्भाषणमा योगलाई अन्तरराष्ट्रिय स्तरमा ल्याउने बिचार ब्यक्त गरेका थिए। उनले योगलाई भारतीय मूलको एक सांस्कृतिक धरोहरको रूपमा प्रस्तुत गरेका थिए। नरेन्द्र मोदीको विचारलाई समर्थन गर्दै 11 दिसम्बर 2014को दिन संयुक्त राष्ट्रका 193 सदस्यहरूको समर्थनमा 21 जूनलाई अन्तरराष्ट्रिय योग दिवस मनाउने कुरमा मञ्जूरी पाइएको थियो। नरेन्द्रम मोदीद्वारा उठाइएको यस प्रस्तावलाई पारित गर्नको निम्ति संयुक्त राष्ट्रले केवल 90 दिनको मात्र प्रतिक्षा गराएको थियो। संघको यो पहिलो यस्तो प्रस्ताव थियो जो सबै भन्दा कम्ती समयमा पारित गरिएको थियो। यस प्रस्तावलाई सर्व प्रथम नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यस तिरिक्त चीन, केनेडा, मीश्र लगायत अन्य देशको समर्थनमा विश्वले 21 जूनको दिनलाई अन्तरराष्ट्रीय योग दिवसको रूपमा स्वीकारेको थियो। राजधानी दिल्लीको राजपथमा आयोजित पहिलो अन्तरराष्ट्रिय योग दिवमा भारतका प्रधानमन्त्री सहित करी 36 हजार मानिसहरूले योग गरेका थिए। यस अवसरमा 35 मिनटको समयमा 21 योगासन प्रदर्शन गरिएको थियो।
देशले योग दिवसको प्रतिफल वर्ष 2015-मा दुईवटा गिनीज रिकर्ड आफ्नो नाम गरेको थियो। जसमा विश्वका सर्वाधिक मानिसहरू 35,985 मानिसलाई योग कक्षा लगाउनु र 84 देशका मानिसहरूले यसमा भाग लिएका थिए। योग दिवसलाई मनाउने नमनाउने विषयलाई लिएर देशमा अहिन्दू धर्म संप्रदायहरूले विवाद उठाएका थिए। यस विवादबाट बाँच्नको निम्ति योगबाट सूर्य नमस्कार र श्लोकको अनिवार्यतालाई आधिकारिक योग कार्यक्रमबा हटाइएको थियो। केन्द्र सरकारका आयुष मन्त्री श्रीपद नायकले योगासनको समयमा श्लोकको स्थानमा अल्लाहको नाम लिने सलाह दिएका थिए।
भारत सरकारले योगलाई विश्वब्यापी बनाउनको निम्ति विभिन्न स्तरबाट प्रयास गरिरहेको छ। भारत मात्र नभएर विश्वले यस विषयलाई समर्थन दिँदै आएका छन्। यस वर्षको अन्तरराष्ट्रिय योग दिवस पञ्जाबको चण्डीगडमा भव्य रूपमा पालन गरिने छ। जसमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहभागिता जनाउने छन्। चण्डीगडमा योग दिवसको निम्ति 90 हजार स्क्वायर फीटको पण्डालको मिर्माण गरिएको छ। पण्डाल लगभग 30 हजार मानिसरहरूको आगमनको अनुमान लगाएर तयार गरिएको छ। यस ऐतिहासीय दोस्रो अन्तरराष्ट्रिय स्तरको योगा दिवसको निम्ति आयोजक समितिले चण्डीगडस्थित केपिटल कम्प्लेक्समा सेल्फीजोनको पनि तयारी गरिदिएको छ। प्रधान मन्त्रीले यस वर्षको योग दिवसमा विशेष गरेर युवाहरूलाई फोकस गरेका छन्। युवाहरूलाई योगसंग जोड्नको निम्ति नेहरू युवा केन्द्र, स्पोर्टस् अथोरिटी अफ इण्डिया, यूजीसी, राष्ट्रिय सेवा योजना, एनसीसी, आईसीएसई, सीबीएसई, डीएवी र केन्द्रीय विद्यालयलाई पनि शामेल गरिएको छ। यस अवसरमा उच्च शिक्षामा योगको महत्वता बडाउनको निम्ति मानव संसाधन मन्त्रालयले 6वटा केन्द्रीय विश्वविद्यालयहरूमा योग शिक्षालाई आरम्भ गर्ने निर्णय लिएको छ। भारत सरकारको यस पहललाई विश्वले शीरोपर गरेर योग दिवस मनाउने निर्णय लिएको छ। अमेरिकाको मशहूर टाइम स्क्वेयरमा हजारौं मानिसहरूले योग गर्ने छन् भने जेएफके इण्टरनेशनल एयरपोर्टमा पनि अन्तरराष्ट्रिय योग दिवसको कार्यक्रम राखिएको छ। यसरी नै न्यूयर्कका विभिन्न स्कूल तथा मन्दिररूमा पनि योग दिवसको आयोजन गरने छ। भारत सरकारले संयुक्त राष्ट्रलाई योग कार्यक्रमको निम्ति आर्थिक सहायता प्रदान गर्ने निर्णय लिएको छ।
















प्रतिक्रिया