
‘नेपालमा फर्किए तपाईं भेटिनुहुन्छ तर अमेरिकामा भासिए भेटिनु हुन्न’- नेपाली चलचित्रका प्रख्यात कलाकार सरोज खनालले अमेरिका छोड्नु डिसी क्षेत्रमा भनेका थिए । उनले त्यतिकै यो कुरा भनेका हैन्नन्, किनभने उनी २ दशक अमेरिका बसेर मातृभूमि फर्केका हुन् । यसैगरी, नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले अमेरिका आउँदा भनेकी थिइन्– अमेरिकाको चुम्बकीय शक्तिको कारण सबैलाई आफूतिर तानेको छ । अमेरिकाले सबै वर्गलाई मोहनी लगाउन जानेको छ ।
दुवै कलाकारको अभिव्यक्तिबाट यो स्पष्ट हुन्छ कि धेरै नेपालीका लागि अमेरिका अन्तिम लक्ष्य भएको मुलुक हो । अब नेपालीहरु भावनामा डुब्न चाँहदैनन् । देश प्रेम र राष्ट्रभक्ति एक ठाउँमा छ तर आफ्नो र परिवारको भबिष्यका लागि मानिस स्थानान्तरण गर्न साइत हेरिरहनुपर्दैन् ।
अमेरिकामा घर किन्नु पर्दा नेपालमा कमाएको पैसाले खासै अर्थ नै लाग्दैन् । तर अमेरिकामै कमाएका र केही रकम संचित गर्ने नेपालीले नेपालमा आफ्नो पौरख र पाखुरी चलाएर निर्माण गरेको घर बेच्न अब माया मोह नलागी छिनोफानो गर्न थालेका छन् ।
अमेरिकामा नै बसी–बसी नेपालको घर बेचबिखन गर्न प्रशस्त नेपालीहरु लागि परेका छन् । धमाधम बेच्ने र ल्याएको रकमले अमेरिकामा नै घर जोड्नेतर्फ उन्मुख छन्, धेरै नेपालीहरु । एकल या सपरिवार रुपमा नेपाल छोडी सदाका लागि अमेरिका बसोबास गर्न आएका नेपालीले यहाँ कमाएर नेपालमा जोड्ने परिकल्पना पनि गर्न छोडेका छन् ।
प्रशस्त कमाएपछि नेपालमा जोड्ने पनि नभएका भने चाँहि हैनन् । तर अमेरिकामा परिवारसहित आएका नेपालीले नेपालको घर कसरी बेच्ने अनि त्यो रकम कसरी भित्र्याउने भन्नेतर्फ लाग्न थालेका छन् ।
दुई दशक अगाडिसम्म अमेरिकामा रहेका अधिकांश नेपालीहरु अमेरिकामा कमाउने र नेपालमा घर बनाउने बारे सोच्ने गर्थे तर अहिले अधिकांश नेपाली नेपालको घर बेच्न पटकपटक नेपाल जाने र दलाल लगाउन थालेको भेटिन थालेका छन् । अमेरिकामा बस्ने कतिपय नेपालीलाई नेपालमा आफूले बनाएको घर तथा पैतृक सम्पत्ति टाउको दुखाइ हुन् थालेको छ । देशको अन्यौल वातावरण ,बेरोजगारी ,राजनैतिक अस्थिरता ,राजनैतिक खिचातानी, हड्ताल, बन्दबाट आजित भएर बिदेशिएका नेपालीहरु अब कर्मथलो ९अमेरिका० मै लगानी गर्ने क्रम ज्यादै बढेको छ ।
अब नेपालमा सम्पत्ति राखी अरुलाई पोस्नु झैँ हुने भन्दै अमेरिका छिरेका नेपाली त्यो झन्झटबाट मुक्त हुन् चाहन्छन् । अझ धेरैले त नेपालबाट घर या पैतृक सम्पत्ति बेचेर अमेरिकामा घर या ब्यापारमा लगानी गरी राम्रो आयआर्जन गर्न थालिसकेका छन् ।
नेपालमा घर जिम्मा लगाएर तथा भाडामा राखेको मान्छेका कारण अमेरिकामा रहेका घरधनीलाई तनाब हुने स्थिति भएको छ । घर नै उनीहरुले कब्जा गर्लान कि भन्ने भय पनि कतिपयमा देखिन्छ । भाडा उठाउन पनि तँ–तँ र म– म पनि गर्नुपरेको छ । घरबहाल भन्दा मर्मत सम्भारमा ज्यादा लगानी गर्नुपर्ने भएपछि आजित भएका नेपालीले घर खुरुक्क बेच्ने र कर्मथलोमा लागनी गर्न थालेका हुन् ।
नेपालमा घर बहालमा बस्नेले ‘घरमालिक अमेरिका छन्, उनीहरुलाई पैसाको के कमी रु भनी घरबहाल रकम नतिर्ने अबस्था पनि छ । कतिपय बहालवालाले धुरुक्कै पारेपछि नेपालमा घर हुने नेपाली मुलका अमेरिकनलाई नेपालको घर भालुको कन्पटझैँ हुन् थालेको बताउँछन् । घर बहालमा बस्ने मानिसले आफ्नो सम्पत्तिझैँ गरि नानाथरि गरेपछि कस्को पो रक्तचाप नबढ्ला र रु
नेपालमा रहेको घर बेची अमेरिकामा राख्दा धेरै फाइदा हुने हुनाले मानिसले नेपालमा घर बेच्ने गति तीव भैरहेको छ । बृद्ध भएका आमाबुवालाई समेत अमेरिका ल्याउने, अनि कर्म थलो अमेरिकामै घर जोड्ने भएपछि नेपालमा घर बनाउने तनावबाट धेरै मुक्त पनि देखिन थालेका छन् ।
२१ औ शताब्दीमा मानिस एकै ठाउँ र एकै स्थानमा बस्दैनन् । सपरिवार अमेरिका ल्याउने परिपाटी र सुविधा भएकोले नेपालको घर घाँडो भइदिनाले अमेरिकामा भासिएका मानिस खुसी खुसी बेचबिखन गर्न मानसिक रुपले तयार छन् । धमाधम नेपालको घरको टुंगो लगाउँदै अमेरिकामा घर किन्न थाल्ने धेरै देखिन्छन् । जसले अमेरिकाको नेपाली समुदायमा एउटा बहस पनि सिर्जना गरिदिएको छ । आफ्नो देशको सम्पत्ति सबै बेचेर जाँदा त्यसले भोलिका दिनमा अमेरिकन नेपालीलाई कस्तो प्रभाव पार्ला रु स्वयम्ले सोच्न जरुरी छ । यो राज्यका लागि पनि गम्भीर विषय हो ।
थापा अमेरिकाको भर्जिनियाका नेपाली संचारकर्मी हुन् ।















प्रतिक्रिया