१ कार्तिक २०८३, शनिबार

अफगानिस्तान घटनाः प्रधानमन्त्री केपी शर्मा ओलीले के भने ? (हेर्नुस् विज्ञप्ति)

39.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Kp-Sharma-oli

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुलमा १४ जना नेपालीको ज्यान जाने गरी भएको आत्मघाती हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार साँझ विज्ञप्ति जारी गरी घटनाको भत्र्सना र निन्दा गरेका हुन् । प्रधानमन्त्री ओलीको विज्ञप्तिमा भनिएको छ, – रोजगारीको सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो। म यस घटनाको घोर भत्सर्ना र निन्दा गर्दछु। साथै, यस घटनाको पछाडि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिस्वास रहेकोछ। आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता रहेको छ
।

यस्तो छ विज्ञप्ति

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अफगानिस्तानको राजधानी काबुलमा आज बिहान सबेरै आतंकबादीहरूको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा ७ जना नेपालीहरु घाइते भएको घटना बाट म अत्यन्त मर्माहत र दुखित भएको छु।

यस दुखद घडिमा दिवंगत नेपाली दाजुभाईहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइते दाजुभाईहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

रोजगारीको सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो। म यस घटनाको घोर भत्सर्ना र निन्दा गर्दछु। साथै, यस घटनाको पछाडि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिस्वास रहेकोछ। आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता रहेको छ।

घटनाको एकिन विवरण लिन तथा मृतकहरुको सव नेपाल फिर्ता पठाउन, घाइतेहरुको स्वास्थ्योपचार सुनिस्चित गर्न, तथा अन्य आवश्यक कार्यहरुको लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावासबाट आवश्यक कार्य सुरु भईसकेको व्यहोरा समेत सबै नेपाली दाजुभाई तथा दिदीबहिनी समक्ष अनुरोध गर्न चाहन्छु िसाथै, यस कार्यमा मित्र राष्ट्र अफगानिस्तानको सरकार र अन्य सम्बन्धित क्षेत्रबाट आवश्यक सहयोग हुनेछ भन्ने बिस्वास लिएको छु।

केपी शर्मा ओली