काठमाडौं, ६ असार । परराष्ट्र मन्त्रालयले १४ जना नेपालीको ज्यान जानेगरी अफगानिस्तानमा भएको तालिवानी आत्मघाती आक्रमण घटनाबारे विस्तृत बुझ्न पाकिस्तानका कार्यबाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाउने निर्णय गरेको छ ।
काबुलमा भएको घटनालगत्तै सोमबार विहान मन्त्रालयमा बसेको परराष्ट्रका पदाधिकारीको आकस्मिक बैठकले घटनाबारे बुझ्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय गर्दै पाकिस्तानका कावा राजदूत अर्याललाई काबुल पठाएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले घटनापछिको अवस्था बुझ्न अर्याललाई तत्काल काबुल जान निर्देश गरिएको बताए । उनका अनुसार अर्याल केहीबेरमा काबुल पुग्नेछन् ।
काबुर पुगेर कावा राजदूत अर्यालले मृतकको पहिचान, शव नेपाल पठाउने र घाइतेको उपचारको व्यवस्था मिलाउने काम गर्नेछन् ।
अफगानिस्तानमा नेपाली राजदूतावास छैन । पाकिस्तानमा रहेको नेपाली दूतावासले नै अफगानिस्तान हेर्दै आएको छ ।













प्रतिक्रिया