लन्डन, ६ असार । आयोजक राष्ट्र फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै स्वीट्जरल्याण्ड युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा आयोजक राष्ट्र फ्रान्सलाई स्वीट्जरल्याण्डले गोलरहित बराबरीमा रोक्दै समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्स भने समूह ुएुको विजेता बनेको छ ।
खेलअबधिभर फ्रान्सले बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न भने सकेन । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाल थुप्रै गोल गर्ने राम्रा मौका गुमाएका थिए ।
दिमित्री पेयटले गरेको प्रहार पोलमा लागेर फर्किएपछि फ्रान्सले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।
फ्रान्स तीन खेलबाट ७ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो भने ५ अंक रहेको स्वीट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । – एजेन्सी















प्रतिक्रिया