जनकपुर, २७ साउन । भारतको मधुवनी घर भई धनुषा जिल्लाको प्रकोमौवा गाविस–७ बस्दै आएका वैद्यनाथ गोइतको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
गोली लागेर घाइते भएका गोइतको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा बसेर दुईजना जनकपुरतर्फ आइरहेको समयमा पछाडि बसेका निजको साथीले गोली हानी मोटरसाइकल लिएर फरार भएका थिए ।
प्रहरीले ती व्यक्तिको खोजी गर्न चारैतिर नाकाबन्दी गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज दुवेदीले बताउनुभयो ।
कुन समूहले किन गोली हानेको हो भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया