१ कार्तिक २०८३, शनिबार

आयोजक फ्रन्स युरोकपको अन्तिम १६ मा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

euroलन्डन, २ असार । अल्बानियालार्इ हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा अल्बानियालाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘ए’मा रहेको आयोजक राष्ट्र फ्रान्सले समूह चरणका दुईवटै खेलमा लगातार जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको हो ।

फ्रान्सले अन्तिम दुई मिनेटमा दुई गोल गर्दै अल्बानियामाथि २–० को जित दर्ता गर्न सफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ९० औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि थपिएको सात मिनेटको अतिरित्त समयमा पेयटले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

लगातार दोस्रो जित हात पारेको आयोजक राष्ट्र फ्रान्सले पहिलो खेलमा रोमानियालाई पनि २–० ले नै पराजित गरेको थियो ।

समूह ‘ए’ बाट अन्तिम १६ मा प्रवेश गरेको फ्रान्स २ खेलबाट ६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको स्विट्जरल्याण्डको ४ अंक छ भने रोमानियको १ तथा अल्बानिया अंकबिहीन छ । – एजेन्सी