काठमाडौं, २७ साउन । प्रधानमन्त्री सुशील कोइराला सञ्चारकर्मीहरुसँग आक्रोशित बन्नुभएको छ ।
मंगलवार समाचार संकलनका क्रममा बालुवाटार पुगेका सञ्चारकर्मीहरुसँग उहाँले आफ्नाविरुद्ध गलत प्रचार गरेर समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
उहाँले आफूले सक्दो राम्रो काम गरिरहेको भन्दै गलत समाचार लेख्ने र प्रशारण गर्ने छुट कुनै पनि सञ्चारकर्मी र सञ्चारमाध्यमलाई नभएको समेत दाबी गर्नुभएको थियो ।
सञ्चारमाध्यमले नै गलत समाचार सम्प्रेषण गरेपछि मुलुक बन्न नसक्ने भन्दै उहाँले सञ्चारकर्मीलाई सही समाचार लेख्न आग्रह गर्नुभएको थियो ।
















प्रतिक्रिया