बाँके, २७ साउन । बाँकेमा सशस्त्र प्रहरीकी एक जवानले ब्यारेकमै आत्महत्या गरेकी छिन् ।
बागेश्वरी गण शम्शेरगंजमा कार्यरत दैलेख घर भएकी २२ बर्षीया सशस्त्र प्रहरी जवान दुर्गा घिमिरेले गणभित्रै भुण्डिएर आत्महत्या गरेकी हुन् ।
राती १२ साँढे ३० बजेको समयमा उनले आत्महत्या गरेको बताइएको छ । उनी तीन दिन अघिमात्रै घर बिदाबाट फर्किएकी थिइन् । गणभित्र नै आत्महत्या गर्नुलाई रहस्यमय रुपमा लिइएको छ ।
इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी नायब उपरीक्षक जनक शाहीले अहिलेसम्म आत्महत्याबारे अनुसन्धान भइरहेको भन्दै घरबाट आफन्त आएपछि मात्र थप अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।
















प्रतिक्रिया