काठमाडौं, १ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।
नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।
दर्ता भएएता साधारणसभा नगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
२०७२ साल पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव थिए ।
फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए ।















प्रतिक्रिया