काठमाडौं, २७ साउन। मन पराएकी युवतीलाई अपहरण गर्न खोज्ने युवाहरु प्रहरीको खोरमा पुगेका छन् ।
राजधानीको मुटु मानिएको सिंहदरबार अगाडिको सडकमा मंगलबार युवती अपहरण गर्न खोज्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो । धादिङकी सुशीला लामालाई अपहरण गर्न खोज्ने काभ्रेका सुनिल लामासहित उनका साथी ग्याल्जेन लामा र हरि विक पक्राउ परेको प्रहरीले जनाएको छ ।
ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययनरत सुशीलालाई उनीहरुले स्कुल अगाडिबाटै अपहरण गरी ट्याक्सीमा हालेका थिए । सिंहरदबार अगाडिको सडकमा ट्याक्सीभित्रबाट महिलाले बचाउ बचाउ भनेर चिच्याएको सुनेपछि पैदलयात्रीहरुले सुशीलालाई अपहरण मुक्त गरेका हुन् । उनीहरुले नै अपहरणकारीलाई प्रहरीलाई बुझाएका हुन् । सडकमा रहेका सर्वसाधारणको कुटाइबाट सुनिल र उनका साथीहरु घाइते समेत भएका छन् ।
प्रहरीका अनुसार, सामान्य चिनजान भएकी सुशीलालाई सुमनले एकतर्फी रुपमा मन पराएका थिए । तर, उनले इन्कार गरेपछि अपहरण गरेर काभ्रेस्थित आफ्नो घर लैजान खोजेको सुमनले प्रहरी समक्ष बयान दिएका छन् । सर्वसाधारणको कुटपिटबाट रगचपिच्छे भएका सुमनको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।
















प्रतिक्रिया