९ कार्तिक २०८३, सोमबार

पदबाट फुत्कने बेला सचिव बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendraman Shresthaकाठमाडौं, ३२ जेठ । अवकाश पाउन १० दिनमात्र बाँकी रहँदा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव डा नरेन्द्रमान श्रेष्ठ विदेश सयरमा निस्केका छन् ।

उनी नेतृत्वको आयोगको टोली आइतबार कम्बोडिया भ्रमणमा निस्केको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उक्त टोलीमा आयोगकै सह–सचिव राधाकृष्ण प्रधान र उपसचिव बलबहादुर अधिकारी छन् ।

उक्त टोली कम्बोडियामा द्वन्द्वपछिको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कामको अध्ययन गर्न गएको हो । टोलीको नेतृत्वकर्ता श्रेष्ठ भने असार ७ मा सरकारी सेवाबाट अवकाश पाउँदै छन् ।

अवकाश लिने सचिवलाई गम्भिर विषय अध्ययन गर्न विदेश पठाएपछि आयोगमा असन्तुष्टि पैदा भएको छ । उक्त टोली असार ३ मा फर्कने छ ।

‘सचिवले अवकाश पाउँदैछन्,उनले अब यहाँ काम गर्ने छैनन् भन्ने थाहा हुँदा–हुँदै सरकारी रकम खर्च गरेर विदेश पठाउनु मुलुकका लागि ठिक हुँदैन’, आयोगका एक पदाधिकारीले भने ।

उनका अनुसार अवकाश पाउने सचिवभन्दा नयाँ आएको सचिवलाई पठाउदा राम्रो हुने थियो ।

आयोगका एक सदस्यले भने, ‘आखिरमा त्यहाँ गरेको अध्ययनले यहाँ कसरी अघि बढ्न सकिन्न भन्ने हुन्छ । अवकाश पाउनेले पाएको ज्ञानलाई आफै लिएका जान्छन् ।’

आयोगका अध्यक्ष सूर्यकिरण गुरूङले श्रेष्ठको नेतृत्वमा गएको टोलीले त्यहाँ अध्ययन गरेर फर्कने बताए ।