कतार । एनआरएन कप फुटबल प्रतियोगिता २०१४ को टिम दर्ता कार्य सम्पन्न भएको छ ।
टीम दर्ता गर्ने निर्धारित मिति ११ अगष्ट भित्र २४ फुटबल टिम दर्ता भएका छन् । दर्ता भएका टिमहरुको कागजातहरु जाँच पश्चात टीम मनेजरहरु समेतको सहभागितामा बैठक बसी चाडै खेल तालिकालाई अन्तिमरुप दिइ प्रकाशित गरिने बताइएको छ । खेल आगामी २८ अगष्टबाट शुरु हुनेछ ।
प्रतियोगितामा मेचीकाली जनजागृती फुटबल टीम, कञ्चनजंघा फुटबल टीम, सप्तकोशी अमल सर्भिस फुटबल टीम, बुद्ध बीबी एफ सी फुटबल टीम, कृष्णसागर नेपाल युथ क्लब फुटबल टीम, लालीगुराँस पुर्वाञ्चल फुटबल टीम, अन्नपूर्ण फुटबल क्लब, मकालु व्याक व्याट स्पोर्ट क्लब, माच्छापुछ्रे गु्रप फोर नेपाली फुटबल टीम, स्वयंम्भु स्काई स्पोर्ट क्लब, रानीपोखरी युनिटी ब्वाइज क्लब, माउण्ट एभ्रेष्ट युथ क्लब, कस्तुरी सन्ध्या ग्रुप फुटबल टीम, मुनाल युनाइटेड फुटबल टीम, बागेश्वरी राधापुर स्पोर्ट क्लब, जनकपुर लाली गूराँस स्पोर्टस क्लब, भद्रकाली प्रवासी हेम्जा समाज, धौलागिरी स्पोर्टस क्लब, पाथीभरा स्पोर्टस क्लब, ताप्लेजुङ, रुप्से छाँगो स्पोर्टस् क्लब, फेवा स्पोर्टस टीम, लखन थापामगर स्र्पोटस क्लब, नारायणगोपाल नेपाली अन्तराष्ट्रिय कलाकार मञ्च फुटबल टीम, डाँफे तामाङ समाज फुटबल टीम रहेका छन् ।
बिनोद भट्टराईबाट














प्रतिक्रिया