१ कार्तिक २०८३, शनिबार

नेपालले चन्द्रमामा रकेट पठाउने, प्रधानमन्त्रीले भने- अन्तरिक्षमा हामीले स्पेस लिनुपर्छ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Kp-Sharma-oli

काठमाडौँ, ३१ जेठ । नेपालले पहिलोपटक चन्द्रमामा रकेट प्रक्षेपणको तयारी गरेको छ ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने तयारी गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर संस्थाले चन्द्रमामा रकेट पठाउने महत्वकांक्षी योजनाबारे जानकारी गराएको छ ।

यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पुर्याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको प्रमको भनाई थियो ।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो संस्थाका कार्यकारी निर्देशक प्रा डा शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए ।

खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ ? भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।