काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान ओली निवास बालकोटमा भएको भेटमा एमाले केन्द्रीय कमिटी बैठक र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको हो ।
केन्द्रीय कमिटीको बैठकमा समान धारणा लैजाने तथा सकभर गुटबन्दीको झल्को नदिन नदिने गरी प्रस्तुत हुने विषयमा दुई नेताबीच छलफल भएको छ ।
यसैगरी, वर्तमान सरकारको कार्यशैली, २६ सभासद्को मनोनयन र संविधान लेखनमा देखिएका जटिलताका विषयमा पनि उहाँहरुबीच छलफल भएको नेता ओलीको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया