२८ आश्विन २०८३, बुधबार

बाढी पीडितका लागि मलेसियामा राहत संकलन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaमलेसिया । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत प्रदान गर्न नेपाल मुक्तक प्रतिष्ठान मलेसियाले एक लाख नेपाली रुपैंया भन्दा बढी संकलन गरेको छ ।

एक हप्ता अगाडिबाट सुरु गरिएको राहत संकलन कार्यमा मलेसियाका बिभिन्न क्षेत्रवाट आइतवार साँझ सम्ममा १ लाख १४ हजार २ सय ४० नेपाली रुपैँया संकलन भएको राहत संकलन समितिका सदस्य दीप दर्शन शाहीले जानकारी दिए । राहत संकलनका लागि शाखा कोषाध्यक्ष अर्जुन काफ्लेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा जितमान राई सविन, दीप दर्शन शाही, मौलश्री लिम्वु, राज आङ्गदेम्वे रहेका छन् ।

समितीका सदस्य शाहीका अनुसार राहातकर्तामा अन्य देशका नागरिक समेत रहेका छन् । पाकिस्तान, बंगलादेश र इन्डोनेशियाका मजदुरले समेत राहतकार्यका लागी रकम दिएको उनले बताए । केहि वर्ष अगाडि इन्डोनेशियामा गएको सुनामी आँधीको क्षतिमा नेपालीले सहयोग गरेको भन्दै उनीहरुले सहयोग गरेका हुन् ।

समितिले संकलन गरेको राहात रकमलाई मलेसियाको क्वालालम्पुरमा पत्रकार सम्मेलन गरेर दाताको नाम सार्वजनिक गर्ने र रकमलाई नेपाल मुक्तक प्रतिष्ठानको रोहबरमा बाढी पिडितलाई वितरण गर्ने समितिका सदस्य जितमान राई सविनले जानकारी गराए । अर्जुन काफ्लेको आरएचवी वैक खाता नं ११२२५५००२९५५८९, जितमान राई (सविन) को सीआइएवी वैक खाता नं.७०१९८८८९३४ र दीपबहादुर शाहीको पव्लिक बैकको खाता नम्वर ४८५९५३१५१३ मा सहयोग रकम जम्मा गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।