केन्ट, बेलायत । गत जुन ११ तारिख २०१६ को दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भीसी कप गत वर्ष झै भेटरेन तर्फबाट फेरि एफ सी क्लब केन्टको हातमा नगद ७ सय पाउण्डसहित शिल्ड हात पारेको छ ।
भेटरेन (३८ वर्षभन्दा माथि उमेर भएको) तर्फबाट ६ टिमबीच प्रतिस्पर्दा भएको उक्त खेल पुनः ईलाम एफ सीसँग फाईनलमा टक्कर परेको थियो । ३० मिनेट लामो समय रहेको सो फाईनल खेलमा एफ सी क्लब केन्टको स्कोर ३ र ईलाम एफ सीको खेल समाप्त भएको थियो ।
यस्का साथै लमजुङ एफ सी लाई एकै म्यचमा ह्याट्रिक गर्दै बेस्ट स्कोररमा छबी चोङ्बाङ र म्यान अफ द म्याच लोक प्रसाद चेम्जोङ हुनु भएको थियो ।
क्लबले स्थापनाकाल देखिनै बेलायतमा हुने सम्भवत सबै कपहरु हात पारि सकेको छ । जस्मा गोर्खा कप र भीसी कप भने २–२ पल्ट हात पारि सकेको हो ।
विभिन्न कारणले उपस्थित हुन नसकेका यस क्लबका खेलाडीहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायत धेरैले भाईबरको माध्यमबाट वधाईको आदान प्रदान गरेका थिए ।
पुरस्कार वितरण पश्चात ग्रुप फोटो खिचे पछि अरु खेलहरुझै क्लबका म्यानेजर बुद्घि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छबी चोङ्बाङले टिमलाई वधाई दिदै यस खेलमा सन्तोश गुरुङ र गुप्तराज चेम्जोङले अरुको नजरमा उत्कृष्ट खेल खेलेको र सबैले अनुशाशनमा रहेर खेल खेलेको हुनाले यो कप पुन हात पारेकोमा धन्यवाद दिएका थिए ।
भेटरेन तर्फबाट एफ सी क्लब केन्टले भि सि कप २०१६ को उपाधि जितेको यस कपमा मेन ईभेन्टमा तोङ्बा क्लब लाई पराजित गर्दै रिडिङ् क्लबले नगद १ हजार पाउण्ड सहित मेन ईभेन्टको उपाधि जितेको थियो ।
















प्रतिक्रिया