१ कार्तिक २०८३, शनिबार

कहाँ जाँदैछन् गगन थापा,रबिन्द्र अधिकारी, प्रदीप पौडेल, भुषण दाहाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabindra– विजय थापा

वाशिंगटन डिसी । आगामी जुलाई १ देखि ४ सम्म अमेरिकाको एटलांटा जर्जियामा हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापा, भुषण दाहाल, प्रदीप पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरु वक्ताको रुपमा अमेरिका आउने भएका छन् ।

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को सम्मेलनको दोश्रो दिन शनिबार नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा तथा प्रखर नेता गगन थापा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले सहभागिता जनाउने पक्का भएको छ ।

यसै गरी संविधानसभाका एमालेका सांसद तथा केन्द्रीय सदस्य रबिन्द्र अधिकारी पनि उक्त कार्यक्रमको लागि वक्ताको रुपमा आउने निश्चित भएको छ ।

कार्यक्रम प्रस्तोता तथा भिडियो निर्देशक भुषण दाहाल पनि वक्ताको रुपमा आउने जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् ।

अध्यक्ष अधिकारीले राजनैतिक समीक्षक,पत्रकार ,व्यवस्थापन विशेषज्ञ, उद्यमी तथा विश्व बिद्यालयका प्राध्यापक जय निशान्तको साथै कान्तिपुरका संचालक कैलाश सिरोहिया पनि आउने भएको बताए ।

नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने मिति तय भै सकेको छ भने उक्त नेपाल फोरम कार्यक्रम संचालन स्वयम् अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने छन् ।

यसपालिको एएनए सम्मेलनको नेपाल फोरम कार्यक्रममा नेपालका राजनीतिज्ञ, पत्रकार तथा ब्यापारीहरुको प्रतिनिधित्व हुनेछ भने वक्ताहरुले नेपालको स्वरुप तथा विकासका लागि दृष्टि सम्बन्धि प्रकाश पार्ने छन ।

अध्यक्ष अधिकारीले नेपाल मंच (फोरम)कार्यक्रममा आर्थिक विकासको लागि केन्द्रित हुने बताए । नेपाल फोरम कार्यक्रम झन्डै दुई दशकदेखि एएनएले गर्दै आएको छ भने बिगत ३–४ वर्ष यता उक्त कार्यक्रम संचालन नागिएको भएता पनि आगामी सम्मेलनमा यस्ता महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

डिसी महानगर क्षेत्रमा स्थापित ईनेपलिजले नेपाल फोरमको भिडियो, समाचार, प्रचार प्रसार तथा प्रसारण समेतमा प्रत्यक्ष सहभागिता तथा सहयोग पुगाउने भएको छ ।