१ कार्तिक २०८३, शनिबार

कतारमा नयाँ शक्तिको सदस्यता वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya Shakti Quatar– ध्रुब क्षेत्री

कतार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ ।

जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्ति नेपालले विदेशमा पनि आफ्नो अभियानलाई सशक्त बनाउँदै लगेको छ ।

यसै शिलसिलामा अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार) अन्तर्गत दोहा क्षेत्रले बिक्रमपुर रेष्टुरेन्टको हलमा भव्यताका साथ २८ जेष्ठ २०७३ का दिन क्षेत्रीय भेला तथा संस्थापक सदस्यता बितरण कार्यक्रमलाई सम्पन्न गरेको छ ।

नयाँ शक्ति नेपालको भातृ सगंठनको रुपमा बैधानिकता पाएको अन्तर्राष्ट्रिय नेपाली समाजले विश्वका हरेक मुलुकमा जसरी नै, कतारमा पनि आफ्ना गतिबिधीलाई तीब्र पार्दै लगेको जनाएको छ ।

भेला नयाँ शक्ति कतारका अन्तरिम परिसद सदस्य, हिमालराज बिश्वकर्माको अध्यक्षतामा संचालन भएको थियो ।

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिसद सदस्य तथा कतारका संयोजक बीबी खरालको प्रमुख अतिथ्य तथा नयाँ शक्ति कतारका उपसंयोजक लाल भट्ट , प्रवक्ता, ध्रुब क्षत्री, सचिब राम संजेल, कोषाध्यक्ष देबबहादुर परिया, युवा संयोजक माहमुद कार्की, दलित नेता बिजया सुन्दास र सचिवालय सदस्य दुर्गा सुनार लगायतको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।