विराटनगर। केन्द्रीय सदस्य चयनमा अध्यक्ष प्रचण्डले आफ्ना मानिसहरुलाई मात्रै समावेश गर्न खोजेपछि आक्रोशत बनेका बरिष्ठ नेता डा बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको क्लब नभएको टिप्पणी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालसँग कुरा गर्दै भट्टराईले प्रचण्डले पार्टीलाई दिशाहिन क्लबको रुपमा चलाउन खोजेको प्रति आक्रोस ब्यक्त गर्दै केन्द्रीय सदस्यमा भागबण्डा गर्ने हो भने सबै पक्षको समान हैसियत अनुसार गर्नु पर्ने बताए ।
त्यसो नगर्ने हो भने प्रचण्डलाई आफूखुसी चयन गरेर पार्टी चलाउन चेतावनी दिदै आफू संविधानसभामा रहेर संविधान लेखन कार्यमा सक्रिय हुने बताए ।
भट्टराईले भने– सबैको समान हैसियत कायम नगर्ने हो भने प्रचण्डले आफ्ना मान्छे नियूक्त गरेर पार्टी चलाए हुन्छ । म संविधानसभा रहेर संविधान लेखनमा सक्रिय हुन्छु ।
उनले पार्टी ब्यक्ति गत रुपमा चल्न थाले आफू संविधान लेखन सँगै माक्र्सबादी अध्ययन केन्द्र मार्फत माक्र्सबादको अध्ययन अनुसन्धानमा सक्रिय हुने समेत स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले नयाँ विचारको साटो पुरानै ढर्रामा पार्टिलाई हाक्न खोजेको भन्दै पुरानो विचारबाट पार्टी अघि बढ्न नसक्ने समेत ठोकुवा गरे ।














प्रतिक्रिया