१ कार्तिक २०८३, शनिबार

विहे गर्न चाहन्छु तर, अहिलेसम्म कोही केटा माँग्नै आएनन्ः सांसद रीता शाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rita-samsad

काठमाडौं, २८ जेठ । नेपाली काँग्रेसकी सांसद रीता शाहीले अहिलेसम्म आफूलाई विवाह गर्नको लागि केटा माँग्नै नआएको बताईन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद शाहीले विवाहको लागि आफू तयार भैसकेको बताउँदै भनिन्,“म त विहे गर्न चाहन्छु तर के गर्ने ? अहिलेसम्म कोही केटा माँग्नै आएका छैनन्, आँफै केटा खोज्न हिड्नु पनि भएन ।”

एस.एल.सी सम्मको पढाई गाउँकै स्कूलबाट पूरा गरेकी शाहीले उच्च शिक्षा भने काठमाडौंको बानेश्वबाट पूरा गरेको बताईन् । उनका अनुसार अहिले उनी उपर्युक्त केटा पाए विवाह गर्ने मनस्थितिमा छिन् । तर हुनेवाला श्रीमान भने उनको पेशालाई बुझेको हुनुपर्छ रे । उनी थप्छिन्, “उहाँ व्यवहारिक हुनुपर्छ, व्यवहारिक हुनुपर्यो अनि राजनीतिलाई नजिकबाट बुझेको हुनुपर्यो बस ।”

Rita-Shahi-524x335त्यतिमात्रै होईन, शाही आफ्नो हुनेवाला पतिको स्वभाव पनि कञ्चन, स्वच्छ हृदय, ईमानदार, मन मिल्ने खालको र परिस्थितिलाई सही ढंगले बुझ्न सक्ने हुनुपर्छ भन्छिन् । आश्चर्य त के भने उनी अहिले ३५ वर्ष लागिन रे तर अहिलेसम्म विहे गर्छु भनेर कोही केटा माँग्न आएका छैनन् । विद्यार्थी जीवनमा उनलाई प्रेम पत्र पठाउनेहरु प्रशस्तै थिए । उनी भन्छिन्, “लभ लेटर थुप्रै आउँथ्ये, तर मैले कहिल्यैपनि जवाफ फकाईन् ।”

स्कूले जीवनमा पढाईमा अब्बल उनी अध्ययन र राजनीति मै व्यस्त भएकाले प्रेममा कहिल्यै ध्यान नगएको तर्क गर्छिन् । शाही साहित जुरे यही ०७३ सालभित्रै झ्याँई पार्ने तयारीमा छिन् । उनको परिवार ठकुरी हो, तर पनि उनी अन्तरजातीय विवाह गर्दा समेत आफूलाई कुनै फरक नपर्ने बताउँछिन् । उनले खुलेरै भनिन्, “म अन्तरजातीय विवाहको पक्षमा छु, २१ औं शताव्दीमा अन्तरजातीय विवाहको विरोध गर्नुको कुनै अर्थ छैन, त्यो पाखण्डवाद हो ।”

उनी सकभर आफ्नो विवाह एरेन्ज नै होस् भन्ने चाहिन्छन् तर यो वीचमा कोही केटासँग प्रेम नबस्ला भन्न चाहीँ सक्दिनन्, यदि त्यसो भए उनी प्रेम प्लस मागी विवाह बनाउने सोचमा छिन्