१ कार्तिक २०८३, शनिबार

एनआरएन मलेसियाको अध्यक्षमा विश्व राई मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishow-raiक्वालालम्पुर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाको अध्यक्षमा विश्वविक्रम राई मनोनित हुनुभएको छ ।

एनआरएन मलेसियाको शनिबार क्वालालम्पुरमा बसेको बैठकले रिक्त रहेको अध्यक्ष पदमा राईलाई मनोनित गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै राई अध्यक्ष बन्नुभएको हो ।

एनआरएन मलेसियाको स्थापनाकालदेखि सक्रिय रहँदै आउनुभएका राई यसअघि संरक्षक, उपाध्यक्ष र महासचिव रहिसक्नुभएको छ ।

तत्कालीन अध्यक्ष महेन्द्रजंग शाह ठगी धन्दामा संलग्न रहेको पाइएपछि एनआरएन मलेसियाले उनलाई गत अप्रिल महिनामा निष्कासन गरेको थियो ।

त्यसयता खाली रहँदै आएको उक्त पदमा राईलाई मनोनित गरिएको हो ।