धुन्चे (रसुवा), २६ साउन । गोसाइँकुण्डबाट फर्कने क्रममा बिहान एक यात्रुको निधन भएको छ ।
मृत्यु हुनेमा काठमाडौँ कोटेश्वर–३५ पेप्सीकोला निवासी ५५ वर्षीय कमल थापा रहेका छन् । थापाको मृत्यु सोमबार बिहान ६:३० बजे चन्दनबारीमा भएको ऊसँगै आएका आफ्नै भतिजा नेपाली सेनाका पूर्व सुवेदार गोकर्ण थापाले बताउनुभयो ।
दाहसंस्कार कहाँ गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको भतिजा थापाले जानकारी दिनुभयो ।
यस्तैगरी, गोसाइँकुण्डका यात्रुहरु फर्कने क्रम जारी रहेको र ६० प्रतिशत यात्रु आफ्नो गन्तव्यतर्फ गइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यात्रुहरुको प्राथमिक उपचारमा हिमालय उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, नेपाली सेना र ग्रिनसिटी अस्पताल संलग्न छन् ।
















प्रतिक्रिया