१ कार्तिक २०८३, शनिबार

दक्षिण एसियाली टिटीका खेलाडी छानिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Table tennis rackets and ballकाठमाडौँ, २६ जेठ । दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस (टिटी) च्याम्पियनसिपका लागि खेलाडी छनोट पूरा भएको छ ।

सुनसरीको धरानमा मङ्गलबार सम्पन्न छनोट प्रतियोगिताबाट १४ खेलाडी छनोट गरिएको हो । जुनियरतर्फ चार–चार तथा क्याडेटमा तीन–तीन पुरुष र महिला छन् ।

जुनियर पुरुषमा काठमाडौँका श्यान्टू श्रेष्ठ, सुनसरीका सुबोध लिम्बू, ललितपुरका विपुल महर्जन तथा सुनसरीका महावीर चौधरी छानिए ।

महिलामा नेपाल एपिएफ क्लबकी सोनु थापामगर, ललितपुरकी सिक्का सुवाल र लश्ता महर्जन तथा भक्तपुरकी सुजाता दुवाल रहेका छन् ।

पुरुष क्याडेटमा ललितपुरका रीतिज जोशी, काठमाडौँका संयोग कपाली र ललितपुरका एलेक्स महर्जन छनोट भए । महिलामा ललितपुरकी दीक्षा तामाङ, सुनसरीकी दीक्षा दाहाल तथा भक्तपुरकी अन्जु सुवाल छनोट भए ।

च्याम्पियनसिप जुलाई १५ देखि १७ तारिखसम्म पाकिस्तानको इस्लामावादमा हुनेछ । रासस