२९ आश्विन २०८३, बिहिबार

चरीकी प्रेमिका खुश्बुको सम्पत्ति प्रहरी छानबिनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chari1

काठमाडौं, २६ साउन । प्रहरी ‘मुठभेड’मा मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरूको सम्पत्ति प्रहरीले छानबिन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ ।

खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो ।

‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अवैध रूपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौँ ।’

आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन् । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोत बताउँछ ।

गत वर्षसम्म महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् । उनले चढ्ने स्कोडा गाडी भने पूर्वप्रेमी अर्पण कोइरालाले किनिदिएको स्रोत बताउँछ ।

अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको आर्थिक पाटोको अनुसन्धान हुने बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । ‘जबर्जस्ती असुलेको रकम गर्लफ्रेन्डलगायतको नाममा राखेको भन्ने आएको छ,’ उनले भने, ‘आपराधिक पाटोबाट त्यसको अनुसन्धान हुन्छ ।’

Khusbu Oli Ko gharचरीसँग भेटिएको आइफोनका आधारमा प्रहरीले उनको कनेक्सन खोतल्न सुरु गरेको छ । स्रोतका अनुसार एमाले नेता राजेन्द्र पाण्डेसँग मिलेर चरीले धादिङको एक हाइड्रोपावरमा समेत लगानी गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

गत बुधबार भीमगढुंगामा चरी मारिएका थिए । प्रहरीले इन्काउन्टरमा मारिएको बताए पनि उनका आफन्तले प्रहरीले पक्राउ गरेर हत्या गरेको दाबी गरेका छन् । विवादका कारण पाँच दिन बित्दा पनि चरीको शवको पोस्टमार्टम हुन सकेको छैन ।