काठमाडौं, २५ जेठ । राजधानीको बल्खुमा रहेको विपिन इन्टरप्राइजेजमा लुटपाट भएको छ ।
घटना जेठ १२ गते हो । त्यहाँ आईएमईको समेत कारोबार हुँदै आएको छ । उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो ।
पैसा लुटिएको १३ दिनपछि मंगलबार सीसीटीभी क्यामेराले खिचेको भिडियो फुटेज सार्वजनिक भएको छ ।
फुटेजमा सुरूमा एक युवा मास्क लगाएर भित्र पसेका छन् । त्यसलगत्तै अर्का युवा पनि मास्क लगाएर भित्र आउछन् । एकैछिन उनीहरुले फर्म भरे जस्तो नाटक गरेर बाहिर जान्छन् ।
फेरि दुबैजना भित्र पस्छन् र एकले फर्म भरेजस्तो गर्छन् । अर्काले बाहिर निगरानी गरिरहेका हुन्छन् र एक्कासी सटर तानेर उनी पनि भित्र पस्छन् । त्यसपछि काउन्टरमा बसेकी बैंककी महिला कर्मचारीलाई खुकुरी देखाउँदै पैसा झोलामा हाल्न लगाउँछन् ।
अनि महिलाको हात बाधेर सटर खोलेर बाहिर जान्छन् र फेरि सटर बन्द गरेर फरार हुन्छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=hSXueW23Zgc













प्रतिक्रिया