१ कार्तिक २०८३, शनिबार

कोपा अमेरिका फुटबलः अर्जेन्टिनाले चिलीलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Copa America Centenario Soccer Argentina Chile

काठमाडौं, २५ जेठ । कोपा अमेरिका कप फुटबलमा अघिल्लो सिजनको विजेता चिलीलाई हराउँदै अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ ।

मंगलबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्चित स्ट्राइकर लियोनल मेस्सी विना मैदानमा उत्रिएको अर्जेन्टिनाका लागि एन्जेल डि मारिया र एभर बनेगाले एक–एक गोल गर्दै टिमलाई २–० अग्रता दिलाए ।

खेलको अन्त्यमा चिलीका लागि होजे फ्युेनजालिडाले एक गोल गरे । तर, त्यसले हार टार्न सकेन् ।

यसअघि अघिल्लो सिजनको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित हुँदा कोपा अमेरिका कपको च्याम्पियन बन्न चुकेको थियो ।