१ कार्तिक २०८३, शनिबार

बालबालिकाको सहयोगका लागि युएईमा सांस्कृतिक कार्यक्रम हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । वेसहारा बालबालिकाका लागि अक्षयकोषको सहयोगार्थ झापाली समाज युएईले दुबईमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तिजको अवसर पारेर सेप्टेम्बर २ तारिख कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

तिज विषेश कार्यक्रम नाम दिइएको कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार तथा युएईमानै रहेका नेपाली कलाकारको समेत प्रस्तुती रहने समाजका साँस्कृतिक विभाग प्रमुख पारष लामाले जानकारी दिए ।

कार्यक्रममा ख्याति प्राप्त गाएक टंक बुढाथोकि र तारावीर पाण्डे आउने पक्का भैसकेको र अन्य कलाकालको लागि समेत कुरा भैरहेको समेत लामाले बताए ।

कार्यक्रमबाट उठेको रकम झापाली समाज युएईले झापाका वेसहारा वालवालिकाका लागि स्थापना गर्न लागिएको अक्षयकोषका लागि सहयोग गरिने कार्यक्रम आयोजक समितिका संयोजक रोहित भण्डारीले जानकारी दिए ।

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी झापा जिल्लामा रहेका वेसहारा वालवालिकाको शिक्षाका लागि खर्च गरिने योजना रहेको समेत आचार्यले बताए ।

कार्यक्रम दुबईको देहरास्थित काल्र्टन टावर होटलमा आयोजना गरिने झापाली समाज युएई प्रचारप्रसार विभागका संयोजक सदस्य बलराम कुइँकेलले जानकारी दिए ।