काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकामा केबलकार चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा फ्रान्सले सहयोग गर्ने भएको छ ।
उसले विभिन्न रुटमा चल्नेगरी केवलकार निर्माण गरिदिने भएको हो । त्यसका लागि काठमाडौंस्थित फ्रान्सको दूतावासले आफै अध्ययन समेत गरेको छ ।
काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन दूतावासले सोमबार सरकारलाई बुझाएको छ ।
काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुट गरी चार ठाउँबाट केबलकार चलाउन सकिने तथ्यसहित केवलकार निमार्णको फिजिभिलिटी अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दूतावासले जनाएको छ ।
फ्रेन्स राजदूत यभ्स कारमोनाले सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका हुन् ।
यद्यपी फ्रान्सले यो योजना धेरै पहिला ल्याएको थियो । जून तत्कालिन सरकारले स्वीकृत गरी अध्ययन गर्ने जिम्मा फ्रान्सलाई दिएको थियो । त्यति बेला नै उसले यो परियोजनामा लगानी गर्ने इच्छा देखाएको थियो ।
फ्रान्सले अध्ययन सकेर आज सरकारलाई रिपोर्ट बुझाएको हो । अब सरकारले निर्माणको अनुमति दिए काठमाडौं उपत्यकामा केही वर्षभित्रै चार ठाउँबाट केबलकार चल्नेछ ।
यस्तो छ फ्रान्सले बुझाएको अध्ययन प्रतिवेदनः

















प्रतिक्रिया