मुम्बई । प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर रावलले भारतमा काम गर्दै आएका आम यूवाहरुले सचेत भएर बस्नुपर्ने बताएका छन् ।
केही दिनअघि मुम्बईमा मदिरा सेवनकै कारण दुई नेपाली युवाको हत्या भएपछि प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको मुलुण्डमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
रोजगारीका सिलसिलामा भारत आएका युवाहरु दिनहुँ घटना, दुर्घटनामा परी मृत्यु भइरहेको भन्दै मदिराजन्य पदार्थ सेवनबाट टाढा रहन समेत आग्रह गरेका छन् । महासचिव रावलले सरकारले ल्याएको बजेटले अधिकांश प्रवासी नेपालीका मागहरुलाई सम्बोधन गरिसकेको बताए ।
भेलामा राज्य अध्यक्ष कटक शाही, न्यू मुम्बई नगरसमितिका सहसचिव गोकर्ण उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले अध्यक्ष गणेश राज गिरी, उपाध्यक्ष रमेश खत्री, सचिब धर्मेश गिरी, सहसचिब अमृत चदारा, कोषाध्यक्ष रतन रावल सदस्यहरुमा कलमबहादुर कार्की, धर्मेन्द्र शाही, किशोर गिरी, मदन बोहोरा, टेक बिष्ट र खगेन्द्र गिरी लाई मुलुण्ड प्रासको गठन गरिएको बताइएको छ ।















प्रतिक्रिया