काठमाडौं, २४ जेठ । कोपा अमेरिका कप फुटबलमा मेक्सिकोले उपाधिको दाबेदार मानिएको उरुग्वेलाई पराजित गरेको छ ।
सोमबार विहान घरेलु मैदान एरिजोनामा भएको समूह सी अन्तर्गतको खेलमा मेक्सिकोले उरुग्वेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा मेक्सिकोले चौथो मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । उरुग्वेका परेराले आत्मघाती गोल गर्दा मेक्सिले अग्रता लियो । खेलको ७४ औं मिनेटमा सान्चेसको पासमा डिएगो गोडिनले गोल गर्दै उरुग्वेलाई १–१ को बराबरीमा ल्याए ।
तर, अन्तिम सात मिनेटमा मेक्सिकोबाट लगातार दुई गोल प्रहार भएपछि उरुग्वे पराजित हुनपुग्यो ।
८५ औं मिनेटमा आर माक्र्वेजले गोल गरे भने ९२ औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिलाई ३–१ को जित दिलाए ।
















प्रतिक्रिया