वाशिंगटन डिसी । गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुशी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ कीर्तिमान राख्न सफल भएका छन् ।
उनले लगातार एक पटक पनि बिश्राम नगरी २ मिनटको समय भित्र ४० पौण्ड बोकेर नयाँ कीर्तिमान कायम गरेका हुन् । ठकुरीद्वारा भर्खरै मेरिलैंड भिक्ट्री कप हासिल गर्नुको साथै बिश्व उपाधि हासिल गर्न पनि सफल भएका थिए ।
ठकुरी द्वारा नयाँ कीर्तिमान कायमको साथै स्वर्ण पदक, विश्व च्याम्पियन प्रमाण पत्र तथा विश्व च्याम्पियन ट्रफी समेत प्राप्त गरेका छन् ।
कुरोबुशी मार्शलआर्ट्स वोर्ल्ड च्याम्पियन (केबिएमए) खेल इन्टर नेसनल किक बक्सिङ्ग फेडेरेशनसंग आबद्ध छ । यस्को सबै नियम, उपाधि ,बिश्वोच्याम्पियन संगै मान्यता प्राप्त रहन्छ ।
ठकुरीले अहिले सम्म १० स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् । ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र दुई वटा करातेको खतरनाक ब्रेकिङ्गमा स्वर्ण पदक प्राप्त गरेका छन् ।
















प्रतिक्रिया