१ कार्तिक २०८३, शनिबार

चितवन सम्पर्क समिति कोरियामा श्रेष्ठ निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13405122_1018390354876742_1705854323_o– सुलभ बन्धु पोखरेल

सौल । चितवन सम्पर्क समिति दक्षिण कोरियाको १३औ साधारण सभाबाट दिलकुमार श्रेष्ठ अध्यक्ष पदमा निर्बिरोध चयन भएका छन् ।

सौलस्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाबाट अध्यक्ष श्रेष्ठ लगायत सम्पूर्ण कार्य समिति निर्बिरोध चयन भएको हो ।

साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा दिलिप ढुंगाना, उपाध्यक्षमा सूर्य पनेरु र दीपक बास्तोला, सचिबमा सुलभ बन्धु पोखरेल, सहसचिवमा जनक महतो, कोषाध्यक्षमा बिष्णु कडेल (रामु) लगायत १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।