१ कार्तिक २०८३, शनिबार

हिन्दूत्वलाई जोगाउन आचार्यको आग्रह, मुम्बईमा महायज्ञ गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hindu-mumbai

मुम्बई । नेपाली संस्कृति परिषद महाराष्ट्र राज्य समितिको आयोजनामा आइतवार मरोल पाइपलाइन अंधेरी पुर्वमा एक छलफल कार्यक्रम सम्पन्न भयो ।

छलफल कार्यक्रमका प्रमुख आकर्षण नेपालबाट आएका आचार्य श्री अच्यूत शरण धिताल थिए । आचार्य धितालले छलफलमा सरिक सहभागिहरुलाई सम्बोधन गर्दै अहिले हिन्दूपन हराउँदै गएको छ, घरघरबाट धर्म परिवर्तन भइरहेका छन, हाम्रा निधारका टिका पुछिदैछन, टुप्पी पाल्न नपाउने अवस्था आउँदैछ र जनै लगाउन नपाउने वातावरण हुन लागेकोले यसलाई कसरी बचाउन सकिन्छ भनेर चिन्तन गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले जसरी एउटा बच्चा चिच्याउँदा आमाले सुन्दिन, त्यसरी नै मुम्बईका नेपालीहरू जागेमा नेपाल सम्म आवाज पुग्ने औँल्याए । उनले हिन्दू धर्मको रक्षार्थ प्रवासी नेपालीहरुले पनि सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।

छलफलमा योगगुरू गोविन्द वोहोरा, संगीत साधक शिसिर साधक, रामलाल पन्त र प्रेम पाण्डेले पनि आ आफ्नो धारणा राखेका थिए ।

परिषदका राज्य अध्यक्ष चेतमान वोगटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन महासचिव नरेन्द्र वलीले गरे ।

छलफलमा नेपालमा हिंदु राष्ट्र ब्युताउनु पर्ने धारणा राखिएको थियो । त्यसैगरि धर्म दर्शनको व्याख्या गर्दै क्रार्यक्रममा हिन्दु धर्मको रक्षार्थ मुम्बइमा महायज्ञ गर्ने बिषयमा छलफल भएको थियो ।

मुम्बईमा पशुपति नाथको मंदिर बनाउने विषयमा पनि चर्चा भएको थियो । भेलामा परिषदका सदस्यहरू सहित अन्य व्यक्तित्वहरूको समेत सहभागिता थियो ।