दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सिहाँसैन गाविसमा जन्मेका एमाले यूवा नेता हुन तेजबहादुर महतारा । नेमकिपाबाट चुनाव जितेर गएका विनोद कुमार शाह, राजबहादुर बुढा लगायत दैलेख जिल्ला कमिटिबाट बहुमत बढि सदस्यहरु एमालेमा प्रवेश गरेदेखि आजसम्म करिब २० वर्षको लामो त्याग र तपस्या पश्चात एमालेको केन्द्रिय विभागमा जिम्मेवारी पाएका ब्यक्ति हुन तेजबहादुर महतारा ।
उनले अहिले सम्म पार्टीमा गरेको लगानी, त्याग र तपस्यालाई हेर्ने हो भने उनीसँगै राजनीति सुरु गरेका मध्ये कतिले त सभासद नै पटकाए भने कतिले केन्द्रीय विभाग या लाभजन्य पदहरुमा बसेर पुराना, दक्ष तथा सदैव पार्टीकालागि इमान्दार बन्दै आउका यूवाहरुलाई ओझेलमा पार्दै गए । फलस्वरुप यसपटक उनले एमाले केन्द्रीय कमिटिबाट न्याय पाएका छन् ।
हतियारधारीहरुको आक्रमणमा पर्ने पनि हामी नै हौँ पहिलो संविधानसभाको निर्वाचनमा । अनि दोश्रो संविधानसभाको चुनावमा पनि चोट खानेहरु हामी नै होँ । अझ चुनावमा पार्टी जिताइसकेपछि चुनावी अभियानमा जाँदा लागेको ऋण तिर्न भारतका विभिन्न गलिलहरुमा चौकिदारी गर्ने युवाहरु पनि हामी नै हौँ । त्यतिबेला तपाई कहाँ हुनुहुन्थ्यो ?
पार्टीभित्र चरम गुटबन्दी, आफ्नाहरुलाई अगाडी ल्याउने पचलनका बाबजुद लामो समयपश्चात पार्टीले गरेको न्यायलाई समेत बदनाम हुनेगरि दैलेख खबर डटकममा तेजबहादुर महतारा र उपेन्द्र नेपालीले दैलेख एमालेमा खासै केहि नगरेको भन्ने आरोप लगाइएको छ ।
यो समाचार पढदा मनमा छुट्टै आक्रोस भरिएर आयो । मन भारी भयो । गाँउ वस्तिका सोझा, कर्मठ यूवाले केन्द्रीय विभागमा जिम्मेवारी पाए भनेर गदगद हुनुपथ्र्यो महाशयहरुले तर त्यसो हुन सकेन । ढिलो चाँडो दैलेख एमालेमा यो खबर पुग्ला, एमाले केन्द्रमा यो खबर पुग्ला र एमाले यूवाहरुलाई अघि बढन नदिनेहरु विरुद्व कारवाही होला भन्ने अपेक्षा पनि छ ।
त्यो आरोप लगाउनेहरुको नाम प्रष्ट भएको भए म असाध्यै आभारी हुने थिए । को महासय हुन त तिनी ? जसले एमालेमा लामो योगदान गरेका रहेछन् । दैलेख जिल्लाका दुवै नगरपालीका र ४९ ओटै गाविसले उनलाई चिन्दो रहेछ । अझ भनौँ दैलेख एमाले आजको यो अवस्थासम्म आइपुग्न उहाँ एक्लैले यतिविध्न मेहनत गर्नुभएको रहेछ । सलाम छ बेनामे महाशय : आशा छ चाँडै यो समाचार पनि सार्वजनिक होला । ती महान महाशयको बारेमा पनि जानकारी पाइएला ।
दैलेख एमालेका लागि यूवाहरुले गरेको योगदान कसैले पनि अवमूल्यन गर्नुहुँदैन् । आज जसरी दैलेखमा एमालेको बर्चस्व कायम छ यसलाई जोगाउन तपाई जस्ता महाशयको बसको कुरा होइन । यहाँलाई दुःख लाग्ला तर दैलेख एमालेलाई यो स्थानसम्म ल्याउन म जस्ता हजारौ यूवाहरुको योगदान छ । अर्काको ऋण काढेरै भएपनि पार्टी निर्माण र अभियानमा सरिक हुने युवाहरु हामी नै हौँ । जति यहाँले योगदान गर्नुभएको छ । त्यति नभएपनि ६४ साल पछिका हरेक चुनावमा हामी प्रत्यक्ष रुपमा सहभागी बनेका हौँ । चगत्रा बजारमा हतियारधारीहरुको आक्रमणमा पर्ने पनि हामी नै हौँ पहिलो संविधानसभाको निर्वाचनमा । अनि दोश्रो संविधानसभाको चुनावमा पनि चोट खानेहरु हामी नै होँ । अझ चुनावमा पार्टी जिताइसकेपछि चुनावी अभियानमा जाँदा लागेको ऋण तिर्न भारतका विभिन्न गलिलहरुमा चौकिदारी गर्ने युवाहरु पनि हामी नै हौँ । त्यतिबेला तपाई कहाँ हुनुहुन्थ्यो ? हामी सँगै हुनुहुन्थ्यो भनेपनि हजुरलाई अतिथी बनाएर पञ्चेवाजा बजाएर फूलमाला र अबिरले स्वागत गर्नै यूवाहरुपनि हामी नै हौँ । र त आज भारतबाटै भएपनि ढुक्क का साथ भन्न सक्छौँ । फरक पार्टीका मान्छेले आफ्नो पार्टीमा प्रवेश भएन भनेर मर्नेगरि चोट खाने पनि हामी नै हौँ महासय । याद होला दोश्रो निर्वाचनमा । त्यो खबर दैलेखदेखि काठमाडौंसम्म पुर्याए पनि तपाईजस्ताले आफ्ना कार्यकर्तालाई किन आक्रमण गरियो भन्ने सम्मको प्रेस विज्ञप्ती निकाल्न सक्नुभएन ।
तसर्थ महासयलाई मेरो अनुरोध, सबैको अस्तित्वलाई स्विकार्नुस् । भोली चुनावमा तपाई आएपनि जिताउने त हामी ने हौ नि होइन र ? यसरी लामो समयपश्चात पार्टी केन्द्रले दिएको जिम्मेवारी स्विकार्न नपाउदै मिडियामार्फत अर्कालाई आरोप प्रत्यारोप लगाउन मरिहत्ते नगर्नुहोस । तपाइले कहिल्यै पश्चिम दैलेखका कार्यकर्ताहरु पार्टीमा अगाडी नआउन भन्ने चाहनुहुन्छ । त्यो कुरा मलाइ उहिल्यै जमानामा थाहा थियो । तसर्थ कमरेड वेरोजगार यूवा, सक्षम यूवा तेजबहादुर महताराप्रति डाहा नगर्नुहोस । उनले आफ्नै सम्पत्ती समाप्त पारेकाछन राजनीतिको नाउमा । यहाँहरुले जस्तो बजारमा महल ठड्याएका छैनन । तसर्थ यहाँ दैलेखमा जति पनि एमालेमा आवद्व युवाहरु छन कसैलाई नहोच्याइयोस महासय…
दैलेख, हाल मुम्बई ।















प्रतिक्रिया