१८ कार्तिक २०८३, बुधबार

अनशन व्यवस्थित गर्न अर्को समूह गठन, संघीय युवा गठबन्धन निर्माण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-Yadavकाठमाडौं, २३ जेठ । संविधान पुनर्लेखनको माग राखेर राजधानी केन्द्रित आन्दोलन सुरू गरेको संघीय गठबन्धनले खुलामञ्चको रिले अनशनलाई व्यवस्थति र भव्य बनाउन दैनिक सरह गृहकार्य गर्दै आएको छ ।

यसैबीच, संघीय गठबन्धनको नेवाः प्रदेश समिति, व्यवस्थापन समूहको बैठक आज पनि काठमाडौंमा बसेको छ ।

तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बसेको बैठकले रिले अनशनलाई व्यवस्थित बनाउन स्वयं सेवक परिचालन गर्ने निर्णय गरेको नेवाः प्रदेश समितिका संयोजक कृष्ण घोँजुले जानकारी दिनुभयो ।

समितिले स्वयं सेवक परिचालनका लागि संघीय युवा गठबन्धन समेत बनाएको छ । युवा गठबन्धनको संयोजकको जिम्मेवारी सुनिल चौधरीलाई दिइएको छ । ६ सदस्यीय समितिमा साना घटकहरूले नाम दिएका छैनन् ।