१८ कार्तिक २०८३, बुधबार

सबैभन्दा गरिब जिल्लाको तथ्यांक यर्थात नहुँदा सरोकारवाला निकायहरुको आपत्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura_district– भोबिन्द्र शाह
बाजुरा, २३ जेठ । मानब बिकास सूचांकमा ७४ औँ स्थान र गरिब जिल्लाको ७५ औ स्थानमा रहेको बाजुराका सरोकारवाला निकायहरुले २०७० साल बैशाख महिनादेखि लिएको गरिबी तथ्यांकप्रति आपत्ति जनाएका छन् ।

गरिबी तथ्यांकमा बास्तबिक गरिब छुटेको र जागिरे, शिक्षक, तथा अन्य अफिसरहरु गरिबको नामावलीमा समेटिएकोप्रति आपत्ति रहेको गाविस सचिबहरुले बताएका छन् ।

एक नगरपालिका र २४ गाविस रहेको बाजुरा जिल्लाको कुल जनसंङख्या एक लाख ३५ हजार मध्ये जिल्लाको १२ हजार ५७५ घरपरिवार गरिब घरपरिवार भनी पहिचान भएको गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिबालय बोर्ड काठ्माण्डौका निर्देशक अरुण गुप्ताले जानकारी दिएका छन् ।

जिल्लाको गरिब तथ्याङक लिदा निअमउ का सामाजिक परिचालकहरुले गाविस सचिब संग कुनै सरोकार नै नगरेर तथ्यांक लिइएको गुदुखाती गाविसका गाविस सचिव हासे रोकायाले बताएका छन् ।

गरिब घरधुरी पहिचान तथ्याङमा बिछ्या गाविसको वडा नं १ र कैलाशमाण्डौ गाविसको वडा नं ६ तथ्याङबाट छुटाएकोमा आपत्ती रहेको कैलाशमाण्डौ गाविसका गाविस सचिब खगेन्द्र साउदले बताएका छन । तथ्याङमा कसैको एउटै परिवारका दाजुभाई समेटीएका तर बास्तबिक दलित समुदायका गरिब ब्यक्ति छुटेकोमा तथ्याङ लिनेहरुको कमजोरी रहेको गोत्री गाविसका बिनिता बिकले बताएकी छन ।

देशभरका २५ जिल्लामा लिएको तथ्याङ मध्ये बाजुराको गरिबी सबै भन्दा उच्च ६१.१ प्रतिशत गरिबी रहेको गरिबी निबारण मन्त्रालय गरिब घरपरिवार सहयोग समन्वय सचिबालय बोर्डका नासु डम्मरध्वज अवस्थीले जानकारी दिएका छन ।

हाल सम्म लिएको२५ जिल्लको तथ्याङ अनुसार कुल गरिब ३ लाख ५६ हजार, ४१६ जना रहेको बताएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र ब्यबस्थापन तथा बितरण सम्बन्धि निर्देशिका २०७१, कार्यबिधि २०७१ र गुनासो सुनुवाइ प्रणाली मार्गदर्शन २०७२ बनेको भए पनि बाजुरा जिल्लाको बास्तबिक गरिबहरुको बिबरण नआउनाले बास्तबिक गरिबहरु मर्कामा पर्ने देखिएका छन् ।