
दाङ, २३ जेठ । दाङमा ट्याक्टरले किच्दा चार वर्षीय बालकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिपुर-२ धइरेनी टोल नजिक आइतबार रा.१ त १०५३ नम्बरको ट्याक्टर स्टार्ट गरी रोकि राखेको अवस्थामा बच्चाहरु खेल्ने क्रममा गुड्न गई च्यापिएर सोही ठाउँ बस्ने दिपक चलाउनेको ४ वर्षीय छोरा राहुल चलाउने मृत्यु भएको हो ।
ट्याक्टरले किच्दा गम्भीर घाइते भएका राहुलको राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया