३० आश्विन २०८३, शुक्रबार

कारबाही प्रचण्ड र बाबुरामबाट सुरु गर्नुपर्छ : पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devendra poudel

काठमाडौं, २५ साउन । एकीकृत मोओवादीका नेता देवेन्द्र पौडेलले पार्टीले गरेको कारवाही आफूहरुलाई अस्विकार्य रहेको बताउनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पौडेलले भन्नुभयो– ‘मलाई त अचम्म लागेको छ, संवाद, वादविवाद गर्दैमा कारवाही गर्ने हो भने प्रचण्ड र बाबुराम भट्टराई दिनहूँ बन्द कोठाभित्र छलफलमा बस्नुहुन्छ । त्यसो हो भने सवैभन्दा पहिला त बाबुराम र प्रचण्डलाई कारवाही गर्नुपर्छ हामीलाई किन ? उहाँहरुले पनि कहिले लाजिम्पाट त कहिले सानेपामा आ–आफ्ना गुटको भेला गरिहनुभएकोे छ । त्यसैले कारवाहीको भागीदार उहाँहरु नबन्ने ?’

पार्टीले केन्द्रीय सदस्य समेत नरहने गरी गंगा श्रेष्ठ र रामरिजन यादवलाई गरेको कारवाही पनि आफूहरुलाई मान्य नभएको पौडेलले बताउनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पनि समानान्तर समिति भंग गर्नुपर्ने धाराण राख्नुभयो । त्यसको लागि तत्काल केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्नुपर्ने उहाँको भनाइ यिथो । भन्नुभयो– ‘पार्टीका केही नेताहरु पूर्व–पश्चिमको दौडाहामा गएर हामीलाई कारवाही गर्नुपर्छ भनेर भनिरहनुभएको छ उहाँहरुलाई किन कारवाही नगर्ने ? केन्द्रिय समितिको बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाउने बारेमा छलफल हुन्छ । र सवै विवाद विशेष महाधिवेशनले मात्रै समाधान गर्न सक्छ ।’

पौडेलले मुलुकलाई संविधान नदिउनजेलसम्म प्रचण्ड र बाबुराम मिलेर जानुको विकल्प नरहेको पनि बताउनुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन पनि दुवै नेता मिल्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुवै नेता संविधान निर्माणका लागि जिम्मेवार हुनुहुन्छ, त्यसैले संविधान जारी नहुन्जेलसम्म पनि उहाँहरु सँगै बस्नु पर्छ । यसैका लागि अहिले वार्ता, छलफल भैरहेको छ । हामी आशावादी छौं, उहाँहरु मिल्नुहुन्छ ।’

जनताको ठूलो लगानीले पार्टी निर्माण भएको भन्दै पौडेलले आन्तरिक वैचारिक छलफललाई निरन्तरता दिँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

अहिले सरकार गिराउने र बनाउनेको खेलमा लाग्न नहुने भन्दै उहाँले सरकार परिवर्तनको खेलमा दलहरु लागे समयमै संविधान नआउने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो –’अहिले संविधान निर्माण नै मूख्य दायित्व हो । यसबाट कोही पनि पछि हट्नु हुँदैन् ।’

आफ्नो पार्टीले सरकार परिवर्तनको विषयमा कुनै चासो नलिएको पनि पौडेलले बताउनुभयो ।

सरकार अत्यन्तै धिमा गतिमा चल्दा आशातित उपलब्धी हासिल गर्न नसकेको गुनासो गर्दै उहाँले प्रधानमन्त्री सुशील कोइरालाले सरकारको गतिलाई बढाउनुपर्ने सुझाव समेत दिनुभयो ।