कपिलवस्तु, २२ जेठ । नेपाली कांग्रेसका एकद्धारा कपिलवस्तुको हरीहरपुरमा सार्वजनिक जग्गा कव्जा गरेको खुलासा भएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी र भृकुटी नगरपालिकाका पार्टी प्रतिनिधी समेत रहेका कपिल बाबा भनेर चिनिने कपिल तिवारीले सार्वजनिक जग्गा कव्जा गरी व्यक्तिगत रुपमा प्रयोग गरेको भेटिएको छ ।
भुकुटी नगरपालिका साविक हरीहरपुर गाविस मा स्थायी वसोवास गर्दै आएका तिवारीले सार्वजनिक जग्गा समेटीने गरी बाल बाउन्ड्री निमार्ण गरेका छन । उनले हरिहरपुर ४ कित्ता नं. १११ को १० धुर वढी जग्गा कव्जा गरेका हुन । जग्गा संगसंगै भिजन २००० परियोजनाले निमार्ण गरेको ग्रामिण स्वास्थ्य एवं शिक्षा संस्था को २ कोठे भवन पनी कव्जागरी किचनको रुपमा प्रयोग गरेको पाईएको छ ।
डुमरा महाराजगंज कालोपत्रे सडक संग सटेको सो जग्गामा १५ वर्ष अगाडी विवाद परेको थियो । देविवक्स भण्डारीले वर्षै अगाडी बाट जोतभोग गरेको जग्गामा घर बनाउन लागे पछी तिवारीले विरोध गरेका थिए । सर्वपक्षिय सहमती वछी भण्डारीले जोतभोग गर्दै आएको सो जग्गामा गाविस भवन बा अन्य सार्वजिनक भवन वनाउनका लागी प्रयोग गरीने सहमती भएको थियो ।
२०५९ साल असार ४ गते भएको सहमतीमा तिवारीलाई घरजाने बाटोको दिनका लागी ५ हात चौडा जग्गा छाडीदिने दिने गरी सहमती गरीएको थियो । तिवारीले आफुले गरेको सहमती तोडदै दादागिरी शैलीमा बलजफती रुपमा कव्जा गरेको नाम नखुलाउने शर्तमा स्थानियहरु बताउछन । तिवारीको विरुद्धमा चन्द्र राम पासीले प्रसासनमा उजुरी दर्ता गरेका छन । प्रहरी प्रसाशनले कव्जा गरेको जग्गा फिर्ता गराउनको साटो विवाद मिलाउने भन्दै जवरजस्ती सहमती गराउने प्रयास गरेको स्थानियहरु वताउछन ।












प्रतिक्रिया