१८ कार्तिक २०८३, बुधबार

‘डब्लूआरआरका’ युवतीद्वारा अनाथलाई सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wrr

महेन्द्रनगर, २२ जेठ । ‘डब्लूआरआरका’ युवतीहरुले महेन्द्रनगरका अनाथ बालबालिकाहरुलाई विभिन्न समाग्री सहयोग गरेका छन् ।

शनिबार महाकाली बाल अञ्चल अनाथालयका बालबालिकाहरुलाई खाना खुवाउनुका साथै विभिन्न समाग्री सहयोग गरेका हुन् । ‘डब्लूआरआरकी टिम लिडर स्कृती कार्कीले पानीपुरी बेचेर अनाथ बालबालिकाहरुलाई शैक्षिक समाग्री सहयोग गरेको बताईन् ।

उनका अनुसार कापीकलम, लुगा, खेलकुदका समाग्री वितरण गरिएका छन् । अञ्चल बाल अनाथालयमा बस्दै आएका ३० अनाथ बालबालिकालाई एक जोर कपडाका साथै प्रत्येकलाई कापि,कलम दिईएको छ । समाजिक सेवा गर्ने उदेश्यले अनाथलाई सहयोग गरेको उनको भनाई छ ।

‘डब्लूआरआरकी’ सोनु जोशीले असाहय सेवा गर्ने उदेश्यले यहाँका युवतीहरुको सकृयतामा बालबालिकाहरुलाई सहयोग गर्न सफल भएको बताईन् । अनाथको शैक्षिकका साथै उनीहरुलाई समाजिक स्नेहको अभास हुने तरिकाले कपडा समेत वितरण गरिएको उनको भनाई छ । समाजिक काम गर्न निकै चुनौती रहेको युवतीहरुको अनुभव छ । डब्लूआरआरका युवतीहरुले उक्त समाग्री हस्तान्तरण गरेका छन् । उनीहरु विभिन्न क्याम्पसमा अध्ययनरत छन् । समाजिक सेवाका लागि भन्दै विद्यालय बाहिरको समय सदुपयोग गरेर अनाथका लागि जुटेका थिए ।

‘डब्लूआरआरका’ युवतीहरुले अनाथलाई गरेको उक्त सहयोगले उनीहरुका लागि केही दिन राहत हुने छ । ग्रेटर नेपालका सुप क्षेत्रिय महासचिव गौरब जोशीले यस क्षेत्रका युवा–युवतीहरुले मिलेर अझै यस्ता समाजिक काम गर्नुपर्नेमा जोडदिनुभयो । युवतीहरुले दुई दिन मदन चोकमा ठेला भाडामा लिएर पानीपुरी बेच्नुका साथै विद्यालय बजार क्षेत्रबाट सहयोग जुटाएका थिए । आगामी दिनहरुमा समेत यस्तो समाजिक काम गर्ने युवतीहरुले बताएका छन् ।