१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा क्रिकेट क्रेज बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-hit-wall-sticker2धनगढी, २२ जेठ । सुदूरपश्चिमको मुख्य ब्यापारिक शहर धनगढीलाई क्रिकेटको शहरको रुपमा विकास गर्ने स्थानीयको प्रयाससँगै धनगढी आसपासका क्षेत्रमा पनि धमाधम ठूल्ठूला धनराशीका क्रिकेट प्रतियोगिता हुन थालेका छन् ।

जेठ महिनाको चर्को गर्मीमा प्रदेश नम्बर सातको केन्द्र अत्तरियामा टि २० क्रिकेट प्रतियोगिता भईरहेको छ । युबा व्यवसायी रबी खनालको पहलमा १४ गतेबाट अत्तरियामा प्ले फर अत्तरिया क्रिकेट कप २०७३ सञ्चालन भईरहेको छ । प्ले फर अत्तरिया कप २८ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिहरुले मात्रै खेल्न पाउने प्रतियोगिताको रुपमा आयोजना गरिएको हो ।

प्रतियोगितामा देशभरका १२ वटा टिमहरुले सहभागिता जनाएका छन् । यो क्षेत्रमा पहिलो पटक यो शैलीको क्रिकेट प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक व्यवसायी रवि खनालले बताए ।

प्रतियोगितामा व्यापारी, व्यवसायी, पत्रकार, शिक्षक, विभिन्न संघ संस्थाहरुका टिमहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रुपैया पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउनेछ ।

वेष्ट व्याट् म्यान र वेष्ट बलरले ५÷५ हजार रुपैया पुरस्कार पाउनेछन् । प्रतियोगिताले यस क्षेत्रमा क्रिकेटको विकास, खेल मैदानको निर्माणको लागी दबाब दिने आयोजकले जनाएको छ ।