१८ कार्तिक २०८३, बुधबार

बलात्कारको आरोपमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeमहोत्तरी, २२ जेठ । फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ ।

शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ ।

पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । रासस