गोरखाबजार, २५ साउन । अविरल वर्षापछि आएको पहिरोले गोरखाको बारपाक गाविसमा रहेको राङरुङ् लघुजलविद्युत आयोजनाको पावर हाउस पुरेको छ ।
पावर हाउस पुरिएपछि आयोजनाको विद्युत् उत्पादन ठप्प भएको छ । साथै प्रसारण लाइनमा समेत पहिरोले क्षति पु¥याएको स्थानीय गौतम गुरुङले जानकारी दिनुभयो । “१५ लाख रुपैयाँभन्दा बढीको क्षति भयो”–उहाँले भन्नुभयो–“पहिरोले पावर हाउस कहाँनेर थियो भन्ने पनि पहिचान गर्न नसकिने भएको छ ।”
शुक्रबार रातिको पानीले पावरहाउस पुरिँदा त्यहाँका ५० घरघुरी अँध्यारोमा बस्न बाध्य भएका गुरुङले बताउनुभयो । आयोजनाबाट पाँच किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो ।
मर्मतका लागि स्थानीय समितिसँग बजेट नभएकाले गाउँलेसँग चन्दा उठाएर छिट्टै आयोजनाको मर्मत थाल्ने उहाँले जानकारी दिनुभयो ।
















प्रतिक्रिया