राजविराज, २२ जेठ । सप्तरीको राजविराजबाट एक महिला चार दिनदेखि बेपता भएकी छिन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई हाल राजविराज ६ स्थित सिराह रोडमा बस्दै आएकी ८३ वर्षीया फुलवतीदेवी साह बेपत्ता रहेको उनका परिवारले जानकारी दिएका छन् ।
घरबाट बजारको लागि हिँडेकी ती महिला हालसम्म आफ्नो घर नफर्केकाले खोजी गर्दिन हुन मानवअधिकारकर्मी, सञ्चारकर्मी र स्थानीय प्रसाशनलाई आग्रह गरिएको छ । रासस












प्रतिक्रिया