इनरुवा, २५ साउन । पहाडी जिल्लामा लगातार भएको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ ।
शनिबार साँझ ७ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९७ हजार ३७५ क्युसेक पानीको बहाव थियो भने राति ९ बजे गरिएको मापनअनुसार प्रतिसेकेन्ड दुई लाख पाँच हजार ६३० क्युसेक पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
शनिबार राति ९ बजे पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको सुनसरीका प्रहरी उपरीक्षक मसउदआलम खाँले बताउनुभयो ।
सामान्यतः सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको संकेत मानिन्छ । रासस
















प्रतिक्रिया