काठमाडौं, २५ साउन । सिन्धुपाल्चोकको जुरे पहिरोले थुनिएको कोदारी राजमार्ग खुलाउन चिनियाँ सेनाको प्राविधिक टोलीले आउन गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त कामका लागि कुनै पनि मुलुकको सहयोग नलिने निर्णय गर्दै चिनियाँ प्रस्ताव कूटनीतिक भाषामा अस्वीकार गरेको हो।
मन्त्रिपरिषद्ले कुनै पनि मुलुकको प्राविधिक सहयोग नलिने निर्णय गर्दै पहिरोस्थलमा बाटो खोल्ने र वैकल्पिक सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि गरेको छ।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निर्देशनमा पहिरोग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा उद्धार तथा निर्माणका लागि छिमेकी मुलुक चीन र भारतलाई सहयोगका लागि पत्र पठाइएको विषयलाई सेनाले आपत्ति जनाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
आफैं सक्षम हुँदाहुँदै छिमेकीलाई हतारहतार सहयोगका लागि पत्र पठाइएकोमा सैनिक नेतृत्वबाट असहमति व्यक्त भएको मन्त्रिपरिषद् स्रोतले बतायो।
परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास बैरागीले आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइदिन दुवै छिमेकीलाई पत्राचार गरिएको अन्नपूर्णलाई बताए।















प्रतिक्रिया